२३ औं गाउ परिषद् बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनीकिकरण

श्री गाउँ विकास समितिको कार्यालय खुदुनावारी, झापा
२३ औं गाउ परिषद् बार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनीकिकरण

मितिः २०७२/०९/२९

श्रीमान् प्रमुख अतिथी .ज्यू
गा.वि.स. संचालन समितिका सदस्य ज्यू, राजनैतिक दलका प्रतिनिधि ज्यूहरु,
भू.पू. जनप्रतिनिधि ज्यूहरु,वडा नागरीक मञ्च, संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी,गा.बि.स. कर्मचारीहरु र अन्य उपस्थित महानुभावहरु।

सर्वप्रथम खुदुनावारी गा.वि.स.को २३ औंं गाउँ परिषद्को बजेट सार्वजनिकिकरण्को निम्तोलाई स्विकार गरी पाल्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक स्वागत गर्न चाहान्छु ।।

निर्वाचित जन प्रतिनिधिको अभावमा गा.वि.स.का सम्पुर्ण काम कार्वाहिहरु स्थानिय राजनैतिक दलहरुको सुझाव सल्लाह र सहमतिमा अघि बढि रहेको सर्वविधितनै छ । यसै सिलशिलामा २०७२/०७३ ससोधित र ०७३/०७४ को प्रस्ताबित वजेट निति तथा कार्यक्रम एकिकृत योजना तर्जुमा समितिबाट स्विकृति गरी सिफारीस भई गाउं परिषदबाट पारित भई सकेको छन । यतिखेर गा.वि.स. सामू थुप्रै समस्या, चुनौतिहरु छन् । गाउँका जनताको आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकास प्रतिको चाहना तथा आकांक्षाहरु धेरै छन् । हरेक तह तप्का क्षेत्र, वर्ग, लिङ्ग, समूदायका मानिसहरुले विकासको सन्तुलीत तथा न्यायोचित वितरण र सो को लाभ महसुस गर्न खोजिरहेका छन् । गाँउमा ग्रामीण जनताले करोडौंको योजना सञ्चालन गर्न माग गरीरहेको अवस्थामा गाउँ विकास समितिको आन्तरीक श्रोत, केन्द्रिय अनुदान जि.वि.स. अनुदान र अन्य निकायको सिमित अनुदानले मात्र जनताका जायज मागहरुलाई सम्वोधन र समाविष्ट गर्न नसकिरहेको अवस्था छ । गा.वि.स. क्षेत्रमा भौतीक पुर्बाधार बिकासमा सामूदायिक वनहरु, महिलाको सशक्तिकरण जिबिकोपार्जनको क्षेत्रमा हेफर नेपाल संस्थाले गरेको अनुदान प्रति कृतज्ञ छु गा.बि.स.लाई धुवारहित,पुर्ण खोप,बालमत्रै गा.बि.स.घोषणा गर्न बांकी रहेको जानकारी गराउदै .आगमी आ.ब.भित्र उक्त अभियान सम्पन्न गर्ने बिश्वास दिलाउन चाहान्छु । उक्त अभियानमा प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सुझाब,सल्लाह र सहयोग, साथ, सहकार्य हुने आसा गर्दै संस्थाहरु प्रति आसा अपेक्षा गर्न चाहान्छु । स्वास्थ्य,शिक्षा,खानेपानी,तटबन्धन लगायत क्षेत्रमा बिषयगत कार्यालयहरु,भौतिक पुर्बाधार र आय आर्जन क्षेत्रमा संघ संस्थाहरु, स्थानीय गैर सरकारी संस्थाहरु, सहकारीहरुले आफ्नो श्रोत साधनले भ्याएसम्म यस क्षेत्रका जनताको उत्पादन क्षेत्रमा,सामाजिक तथा भौतिक विकासमा गरेको लगानीको गा.वि.स. उच्च मूल्यांकन गर्दछ । आगामी दिनमा गा.वि.स. यिनै निकायहरुसंग सहयात्रि भइ समन्वयात्मक ढंगले कार्यक्रम तर्जुमा गरी साझेदारी बिकासकोे रणनिती अनुसार कार्यक्रम सञ्चालन गर्न ईच्छुक रहेकोले सो को लागी २३ औं गाउँ परिषद् मार्फत आवश्यक नीति वनाउन विषेश आग्रह साथ अुनरोध गर्दछु ।

आदारणीय महानुभावहरु, गाउँ परिषद् स्थानिय निकायको सर्वोच्च विधायिक अंग हो । गाउँपरिषद्को कार्यकारीणीको रुपमा गा.वि.स.को गठन गरिएको हुन्छ । गाउँ विकास समितिका काम कार्यवाहीहरुलाई आधिकारिकता र वैद्यता दिने निकाय पनि गाउँ परिषद् नै हो । यसलाई स्थानीय निकायको नीति निर्माण गर्ने प्रमुख थलोको रुपमा लिईन्छ । यो जनप्रतिनिधीमूलक थलो भएतापनि १३ वर्षदेखी कर्मचारी मार्फत सञ्चालित हुदैं आएको छ । विधायिका र कार्यकारीणीको अधिकार दुवै एकै व्यक्तिमा केन्द्रित भई शक्ति संतुलन र पृथकिकरणको अवधारणा अनुसार आरोप, गुनासो आईरहेको हुदा सकेसम्म सवैपक्षको सहयोग र समझदारीमा समयमा वजेट तथा कार्यक्रम तर्जुमा गरी निकाशा माग गरी कार्यक्रम कार्यान्वयन गर्न समयमै ब्यवस्थापन गर्नु पर्ने हुन्छ वस्ती स्तरका जनताको चाहना, नेपाल सरकारले तोकेको लक्षित बर्गको क्षेत्रमा समूदायको माग र आवश्यकता पहिचान गरी, विश्लेषण गरी विकल्पहरु पहिल्याउन, विगत वजेटका उपलब्धि हरुको मूल्यांकन गर्न र कमि कमजोरी पत्ता लगाई आगामी दिनमा सुधार गर्न, गा.वि.स.को सेवाको प्रभावकारीताको वारेमा छलफल गनर्, आगामी वर्षकालागी करको दर निर्धारण गर्न, राजस्वको दायरालाई फराकिलो पारी जनतामा कर तिर्ने वानिको विकास कसरी गर्ने भन्ने सम्वन्धमा, जिल्ला परिषद् र केन्द्रिय योजनामा समावेश गर्ने योजनाको छनौट गर्न, पेश्कि तथा वेरुजु अशुल सम्वन्धमा, सार्वजानिक सम्पतिको संरक्षण कसरी गर्ने भन्ने सम्वन्धमा, सवै सामूदायिक वनहरु सवै संघ संस्थाहरुसंग सहकार्य साझेदारी एकीकृत विकासको नीति कसरी अवलम्वन र कार्यन्यन गर्न सकिन्छ भन्ने सम्वन्धमा निणर्य लिनु पर्ने हुन्छ । बैज्ञानीक सूचना तथा तथ्याङ्क संकलन गरी श्रोत नक्सा तयार गनर्,े गुरु योजना (माष्टर प्लान) सम्वन्धमा, गाउँ युवा खेलकुद समन्वय समिति,, महिला संजाल,दलित समन्वय समिति,आदिबासी जनजाति महासंघ,न्यायीक समिति,स्थानीय संघ संस्थाहरु,सहकारीहरु उपभोक्ता समितिहरु,अनुगमन समिति गठन तथा पुर्नगठन गर्ने,पेश्कि तथा वेरुजु असुल उपर समिति गठन गर्ने र वाँस रोपन क्षेत्र सहितको समग्र निति तयार गर्ने । वडा नं १ को माटे, गौमुखी,फर्सीबारी वडा न २ को दखलबस्ती, वडा नं ३ को मिश्रटार, लाप्चेटार, सहकाले सहित बुढीसुखानी,अमले,भित्ती गाँउ हरु समेतलाई यस गा.वि.स.को मूल सूचना पहुंच र प्रवाहमा ल्याउने सम्वन्धमा राय सुझाबको अपेक्षा गरिएको छ । सवै पूंजीगत खर्च, लक्षित बर्ग कार्यक्रम वडागत क्षेत्रगत शिर्षकगत वर्ग समूदायको विविध समस्याको छलफल गर्न स्थानिय स्वयात्त साशन ऐन २०५५ र नियमावली ०५६ ले निर्दिष्ट गरेका गा.वि.स.को काम, कर्तव्य र अधिकारको वारेमा दफावार रुपमा सवै दल, क्षेत्र, वर्ग, तह तप्काको राय, विचार, धारणा वुझि चालू आ.व.०७२÷०७३ को वजेट तथा कार्यक्रमलाई यथासक्य समावेशि,न्यायोचित,पारदर्शि, जनमूखी र सन्तुलीत वनाई सवै पक्षलाई सम्वोधन र समाविष्ट गर्ने र आगमी आ.ब.०७३÷०७४ मा प्रस्ताबितको लागी समेत कार्यक्रमलाई पद्धती,उद्धेश्य अनुरुप छलफलका लागी स्थानिय स्वयात्त शासन ऐनको दफा २२ अनुसारको गाउं परिषद् वैठक सम्पन्न भै सकेको छ सो बमोजिमको निर्णय सार्वजनिक गर्न अनुमति चाहान्छु । गाउ ंपरिषद्मा योजना तथा कार्यक्रम छनौट गर्दा नेपाल सरकार, जिल्ला विकास समिति झापाको मार्गदर्शन र स्थानिय स्वयात्त शासन ऐन र नियमावालिको मर्म र स्थानीय निकाय स्रोत परिचालन तथा ब्यायवस्थापन कार्यबिधी २०६९ मा रहेर एकिकृत योजना तर्जुमा समिति बैठक निणर्यबाट सिफारीस भै आए बमोजिम गाउं परिषदबाट निणर्य भएका निति तथा कार्यक्रम र प्राथमीकताका आधारहरु निम्न अनुसार पेश गर्न अनुमती चाहान्छु ।

खुदुनाबारी गा.बि.स.को निति तथा कार्यक्रमहरु 

  1. हरेक विकास कार्यक्रमलाई उत्पादनमूलक,जनजिविका, सामाजिक विकास, भौतिक विकाससंग समन्वय गरी क्षेत्रिय रुपमा पछाडी परेका वडाहरुलाई प्राथमिकता दिइने छ, यसमा भौगोलिक बिकटता, जनसंख्या तथा घरधुरी संख्या समेतलाई मध्यनजर गरिने छ ।
  2. हरेक कार्यक्रमले त्यस क्षेत्रमा पारेको प्रभावको मुल्यांकन गरिने छ । जनसमूदायको चासो, प्रत्यक्ष साझेदारी, जनसहभागीतालाई समेत ध्यानदिइने छ । तत्कालै पुरा गर्न नसकिने आयोजनाहरुलाई प्राथमिकताका आधारमा समावेश गर्दै लगिने छ । वडास्तरबाट आएका कार्यक्रमलाई स्थानीय स्तरका संघ सस्था, समुदायलाई समेत परिचालन गरि कार्यान्यन गर्ने, छोटो समयमा धैरै भन्दा धैरै योजना तथा कार्यक्रमहरु सम्पन्न हुने कार्यक्रमलाई प्राथमीकता दिइने छ ।
  3. सम्पन्न भएका आयोजनाको मर्मत संभार गर्न उपभोक्तालाई मर्मत संभार कोष स्थापनाको लागि सहयोग गर्ने र त्यसकालागि उपभोक्तालाई नगद, वस्तुगत श्रम, शिप र औजारलाई परिचालन गर्नेगरि मर्मत सभार कोषस्थापना प्रोत्साहन गरिने छ ।
  4. वन,वनस्पति,भू संरक्षण, जैविक विविधताको संवन्धमा गा.वि.स., सामूदायिक वन, जिल्ला स्थित कार्यालयहरु, गैर सरकारी संस्था,उपभोक्ता समिति संग समन्वय गरी साझेदारी कार्यक्रम तयार गरी संचालन गर्ने नीति अबलम्वन गरिने छ ।
  5. गा.बि.स.स्थित प्रत्येक घरधुरीको बिबरण (तथ्याङ्क), भिलेज प्रोफायल बिधुतीय माध्यम वा इन्टरनेट मार्फत हेर्न सक्ने र बेला बेलामा अपडेट गर्दै लगिने कार्य थालनी गरि सकिएको छ । यसलाई निरन्तरता दिने र गा.बि.स.को पञ्च बर्षीय आवाधिक योजना तयार गर्ने ।
  6. जनतालाई कर तिर्ने बानीको बिकास गर्न आगमी बर्षबाट सफटवेयरको बिकास गरि एकिकृत कर संकलनको प्रकृयामा लगी एक द्धार प्रणाली लागु गरिने छ ।
  7. ब्यवसायिले ब्यवसाय संचालन गर्नु पुर्ब गा.बि.स.मा ब्यवसाय दर्ता गराउनु पर्ने छ । र बार्षिक ब्यावसाय कर तोकिए बमोजिम नियमित रुपमा दाखिला गरि नबिकरण गर्नु पर्ने छ ।
  8. गा.बि.स.ले भाडामा लगाएका भवन,टहरा,स्टलहरु जसको नाममा दर्ता छ उसैले प्रयोग गर्नु पर्ने र छाडनु परेमा गा.बि.स.मा जिम्मा लगाउनु पर्ने छ । गा.बि.स.ले त्यस पछि भवन,टहरा,स्टलहरु कसलाई दिने हो प्रकृया वा निणर्यबाट गर्न सक्ने छ । आफु खुसी एक आपसमा किनबेच गर्न नपाउने र दर्ता भएका भिटौरी,टहरा,भिटा भवन,स्टल आदी प्रत्येक बर्ष असार मसान्त सम्ममा आगमी आ.ब.को लागी नबिकरण गर्ने,नगरेमा गा.बि.स.ले जुनसुकै बेला अन्य ब्यवस्था गर्ने छ ।
  9. गा.बि.स.क्षेत्रका ब्यापारीहरुको समुह मध्ये बाट १ गाउँ स्तरीय ब्यापार संघ निमार्ण गर्न प्रोस्हान गर्ने ।
  10. गाउँ स्तरीय खेलकुद समिति हाल पदाधिकारी बिहिन रहेकोमा एक गाउँस्तरिय खेलकुद समिति यसै आ.ब.मा गठन गरिने छ । साथै गा.बि.स.स्तरका बिषयगत समितिहरु गठन गरि कार्य संचालन गरिने छ सबै समितिहरुलाई प्रत्येक दुई बर्षे अबधि राखी गाउं परिषदबाट अनुमोदन गर्नु पर्ने छ । अनुमोदन नभएमा पुनर्गठन गरि कार्य संचालन गराउने नीति अवलम्वन गरिने छ ।
  11. बालमैत्री शासन गा.बि.स.बनाउने सन्धर्भमा सार्बजनीक स्थल,बिद्यालय,बजार आदिमा क्रमस बालमैत्री बनाउदै लगिने कार्य यसै आ.ब. बाट शुरु गरिने छ ।
  12. धेरै भूभाग बन जगलले घेरिएको यस खुदुनाबारीलाई हरित गा.बि.स.बनाउन सबै घरहरुमा आय मुलक उत्पादन मुलक कम्तीमा एक घर दुइ बिरुवा रोपने कार्यको कार्यन्यन गरिने छ ।
  13. सडक बिस्तार हुने क्रम सगै बजार एरिया भित्र पक्की नाली बनाउन नाली निमार्ण गर्दा लाग्ने खर्च सम्बन्धीत घर धनीले वा जग्गा धनीले बेहोर्नु पर्ने नीतिलाई निरन्तरता दिइने छ ।
  14. आर्थिक पारदर्शिता मितब्ययिता,नियमितता,सुशासनको निति अवलम्वन गरिने छ ।
  15. नजिकको गा.बि.स.हरु न.पा.मा परिणत भएको हुदा बिकासका पुर्बाधारहरु बढी हुने भएकोले यस गा.बि.स.लाई पनि प्रतिस्पर्धात्मक रुपमा लैजान जनताका न्यूनतम आवश्यकता पुर्ण गर्न करलाई ब्यवस्थीत गरी लानु पर्ने हुदा कर प्रणालीमा सुधार गर्दै लगिने छ ।
  16. आगामी बर्षमा फोहोरमैला ब्यावस्थापनको लागी एउटासमिति गठनगरि उचीत डमपी¨ साईडको खोजी गरिने छ ।
  17. फोहोरमैला ब्यावस्थापन सगै बढदै गएको प्रदुशणलाई नियन्त्रण गर्न प्रथम चरणमा प्लाष्टीक प्रयोग निरुसाहीत गर्न शुरुवात गर्न एक कार्यदल यस आ.ब.मा गठन गरिने छ ।
  18. खुदुनाबारी बजार लाई सफा सुन्दर बनाउन बजार लाईनका घुम्ती पसलहरु,गोस,सब्जी बजार आदीलार्ई आइतबारे बजार क्षेत्रमा क्रमिकरुपमा स्थानान्तरण गरिदै लगिने छ ।
  19. वडा स्तरका बाटाहरु कम्तीमा २० फुटे अनिबार्य हुनु पर्ने सो भन्दा कम बाटो भएकोलाई गा.बि.स.बाट बजेट बिनियोजित भएको भए पनि लगानी नगर्ने गरी बिगतको निणर्यलाई निरन्तरता दिइने छ ।
  20. गा.बि.स.क्षेत्रका बढी सवारी साधन आवतजावत हुने शाखा सडकहरु बर्गीकरण गरि ३० फुट सम्म बनाउदै लैजाने ।
  21. वडा,टोल स्तरमा पुर्ण सरसफाई सम्बन्धी सचेतना, ,धुवारहित चुलो,बालमैत्री,पुर्ण खोप गा.बि.स.घोषणा गर्न साझेदारी कार्यक्रमहरु गर्दै लगिने छ ।
  22. हाल यस गा.बि.स.मा अवस्थीत सुबिधा सम्पन्न भवन भएको स्वास्थ्य चौकीमा इलाम जिल्लाका दक्षिणी भेगका जनता समेत सेवाग्राही भएको हुदा यस क्षेत्रका सामुदायिक बन समितिहरु,स्थानीय सहकारी,,सस्थाहरु,निजी कम्पनी र जिल्ला जनस्वास्थ्य संगको प्राबिधीक सहयोगबाट सामुदायिक अस्पतालमा रुपान्तरण गर्दै यस क्षेत्रका जनतालाई स्वास्थ्यको पंहुच पु¥याउने कार्यमा सम्बन्धीत संस्था,निकायमा पहल गरिने छ ।
  23. बिगत बर्षमा दैबि प्रकोपको लागी रकमको बिनियोजन गरिएकोमा सोलाई निरन्तरता दिदै एक गाउँ स्तरीय दैबि प्रकोप ब्यावस्थापन समिति निमार्ण गरिने छ ।
  24. बस्ती बिकास,शहरी योजना तथा भवन निमार्ण सम्बन्धी आधारभूत मार्ग दर्शन,२०७२ लाई अविलम्व कार्यन्वयन गरि प्रचलीत कानुन बमोजिम नक्सा पासको कार्य यसै आ.ब.देखि सुचारु गरिने छ ।
  25. खुल्ला दिसा मूक्त गा.बि.स.घोषणा भई सकेको हुदा (पुर्ण सरसफाई) कार्यक्रमलाई अनिबार्य गर्न वडा स्तर सम्म अनुगमनको ब्यवस्था मिलाउने र बजार क्षेत्रमा २ वटा सम्म सार्बजानीक शौचालय निमार्ण साझेदारीमा गर्ने ।
  26. यस खुदुनाबारी गा.बि.स.मा रहेका कृयाशिल गै.स.स.हरु(सबै सामुदायिक वनहरु,स्थानीय क्लब,संस्थाहरु)बिभिन्न उपभोक्ता समिति एबम संस्थाहरुले गा.बि.स. क्षेत्रमा गरेको पुर्बाधार बिकास,योजना तथा कार्यक्रमहरु गा.बि.स.मा जानकारी गराउनु पर्नेमा केही गै.स.हरुले कार्यक्रम पेश गर्ने नगरेको पाईएको हुदा बार्षिक कार्यक्रमलाई गा.बि.स.योजना तर्जुमा बैठकमा अनिबार्य पेश गर्ने गरि परिपत्र गर्ने र परिषदमा जानकारी गराउने ।
  27. लक्षित बर्ग कार्यक्रमको पुर्वाधार योजना कार्यक्रम बाट गा.बि.स.कार्यालय अगाडी टहरा र सामुदायिक भवन निमार्ण गर्ने सो योजनाले गा.बि.स.को श्रोत बिकास हुने र लक्षित बर्ग समुदायलाई सामुदायीक भवनमा तालिम गोष्ठी गर्न सहज हुने गरी योजना संचालन गर्ने ।
  28. यस गा.बि.स.कार्यालयबाट बिभिन्न प्रयोजनमा गत बिगत बर्षहरुमा गएको पेश्की र बांकी बक्यौता बेरुजु रकमहरु रही रहेको कारणले गा.बि.स.को कार्य सम्पादन मुल्याङ्कनमा समेत प्रगती आवश्यक पर्ने भएको र प्रगती नदेखिएमा कार्य सम्पादन मुल्याङ्कनमा फेल हुन सक्ने सुंचक रहेकाले गा.बि.स .अनुदान कटौती हुने हुदा उल्लेखित पेश्की तथा बेरुजु रकम फस्यौट गर्ने गराउने तर्फ तदारुक्ताका साथ कार्वाही अगाडी बढाउने ।
  29. गा.बि.स.क्षेत्र भित्रका ऐलानी जग्गा भोगको आधारमा लगत ब्यावस्थापन गर्दै जाने ।
  30. सुखानी खोलालाई जलउत्पन्न प्रकोप नियन्त्रण आयोजना मार्फत गुरु योजनामा समाबेश गर्ने ।
  31. वडा न.९को कि.न.०९१ जग्गा संरक्षण गर्ने कार्यको लागी समिति गठन गरि ब्यवस्थापन गर्ने ।
  32. गा.बि.स.क्षेत्रमा कैदले बन,फाल्गुनन्द शान्ति बनबाटिका, सुखानी सहीद शाहदत स्थल ,साधुटार र यसै बर्ष प्रस्ताबित सलकपुर–शान्तिनगर–खुदुनाबारी–शिबसताक्षी धाम चुरेपदमार्ग समेतलाई पर्यटन बिकासकोलागी सम्बन्धीत निकायमा अगाडी बढाउने ।
  33. यात्रुबाहक गाडीहरुको पार्किङ स्थलको ब्यवस्थापन गर्ने ।
  34. गा.बि.स.को कार्यालयको नाममा दर्ता रहेको जग्गाको सिमाना ब्यवस्थित गर्ने ।
  35. गाउकों समग्र बिकासको लागी रि¨रोड बनाउने कार्यको योजना बनाउने ।
  36. गा.बि.स.बाट दिइने सेवालाई दुर्गम वडाहरुमा बर्षको २ पटक घुम्ती सेवाको रुपमा संचालन गर्ने
  37. कैदले क्षेत्रलाई राष्ट्रिय जडिबुटी उद्यान संकलन तथा प्रशोधन केन्द्र स्थापनाको लागी सम्बन्धीत निकायमा पहल गर्ने ।
  38. अन्य केहि बिषय कार्यान्यनमा आई परेमा गा.बि.स.बैठक बाट निणर्य गरि कार्यान्यन गरिने छ ।

प्राथमिकताका क्षेत्रहरुः–

  1. पुर्ण जनसहभागीता जुट्नेखालका योजनाहरुलाई प्राथमिकता दिइने छ पुर्बाधारयोजनाहरुमा समूदाय को जनसहभागीता २५ प्रतिशत हुने अन्य कार्यक्रममा १५प्रतिशत नगदै वा बैंक,बित्तीय संस्था हरुमा जम्मा हुनु पर्ने छ ।
  2. उत्पादन मुलक,आय आर्जन, शशक्तिकरण, चेतनामूलक तथा शिप मूलक कार्यक्रमलाई प्राथमिकता दिइने ।
  3. स्थानिय शिप, साधन श्रोत र जनशक्तिवाट संचालीत आयोजनालाई प्राथमिकता दिइने ।
  4. गा.बि.स.को श्रान्तरिक श्रोतको बृद्धी हुने क्षेत्रमा लगानी र गा.बि.स.को कम सहभागीतामा बिभीन्न निकाय बाट अनुदान तथा श्रोत बढीसे बढी भित्राउने योजनालाई प्राथमीकता तथा साझेदारीता दिइने ।
  5. नदि नियन्त्रण र भू–क्षय नियन्त्रण, बृक्षारोपण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि,सिंचाइ सरसफाई तथा खेलकुद, संस्कृति,बातबरणीय बिकास लाई ध्यान दिने ।
  6. उत्पादीत बस्तु बजारीकरण र वजारको व्यवस्थापन,ग्रामीण बाटोहरु, सडक,पुल आदीमा बिषेश ध्यान दिने र शनिश्चरे खुदुनाबारी सडक अन्र्तगत बिरीङ्ग–सुखानी सम्म पिच बाटो मर्मत निमार्ण र टाङ्गटीङ्गपुल निमार्ण सम्पन्न गर्नका लागी सम्बन्धीत निकायमा पहल गर्ने ।
  7. किसानहरुलाई ब्यावसायीक खेती,पशुपालन,उत्पादनशिल कार्यक्रम,जिबिकोपार्जन हुने खालका कृषी घरेलु उद्योगलाई प्रोत्साहन गर्ने । कृर्षीलाई यान्त्रीकरण गर्ने कार्यमा सहयोग पुरयाउने ।
  8. कैदले बन,फाल्गुनन्द बनबाटिका, सुखानी सहीद शाहदत स्थल ,साधुटारहरुलाई पर्यटन बिकास र प्रबर्धन गर्ने ।
  9. कार्यालयको मौजुदा जन शक्तिलाई सक्षम बनाउन समय सापेक्ष आवश्यक तालीमको ब्यवस्था गर्ने ।

 

Leave a comment