खुदुनाबारी “स्मार्ट भिलेज” बन्दै

नेपाल सरकारले २०७०÷७१को बार्षिक नीति तथा कार्यक्रममा नमुना गाऊँ विकास कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख गर्नु भन्दा अघिदेखि नै खुदुनाबारी गा.वि.स.लाई नमुना गा.वि.स बनाउने प्रयासहरु भएका थिए । यसका लागि वर्तमान सभासद प्रेम गिरीको पहलमा सर्वदलीय सर्वपक्षिय वृहत छलफल कार्यक्रमको आयोजना गरी कार्यदल समेत गठन भएको थियो । देशको राजनीतिक अस्थिरताका तथा दलीय मतभेदका कारण नमुना गा.वि.सले चाहेको गति लिन नसकिरहेको बेला अभियान नेपाल र अभियान सामुदायिक अध्ययन केन्द्रको प्रयासमा हाल “स्मार्ट भिलेज”को प्रयास अघि सारिएको छ । भारत लगायत अन्य बिकसित मुलुकहरुले समेत शहर तथा गाउँ विकास कार्यक्रममा “स्मार्ट भिलेज”को अवधारणा अघि सारेका छन् । आर्थिक, भौतिक, पर्यावरणीय, स्वास्थ्य र शैक्षिक विकाससँगै सामाजिक एवं सांस्कृतिक विकासहरुलाइै नयाँ प्रविधिहरुसँग जोडेर रचनात्मक अभ्यासहरु मार्फत समतामुलक र समृद्ध समाजको परिकल्पना नै स्मार्ट भिलेजको अवधारणा रहेको छ ।

सबै खालका विकासहरुको पहिलो खुड्किलो भनेको नै त्यसको विद्यमान पृष्ठभूमि हो । वर्तमान अवस्था ऐना जस्तै छर्लङ्ग हुनका लागि गुणस्तरीय, तथ्य परक र वस्तुगत तथ्याङ्कको भूमिका महत्व पूर्ण हुन जान्छ । वास्तविक तथा गुणस्तरीय तथ्याङ्कका आधारमा नै विकासका वैज्ञानिक योजना निमार्ण हुने गर्दछन् । सोही तथ्याङ्कका आधारमा अल्पकालिन तथा दीर्घकालिन विशिष्ट लक्ष्य उद्देश्यहरु बन्ने गर्दछन् । नेपालको परिपेक्षमा भने गुणस्तरीय तथ्याङ्कक जहिले पनि ठूलो चुनौति बन्दै आएको पाइन्छ ।

news

गत फागुन २ गते सम्पन्न खुल्ला दिसामुक्त घोषणा कार्यक्रम पछि विकासको एउटा सुचाङ्क थपेको खुदुनाबारी गा.वि.स.लाई त्यस अवस्था सम्म ल्याउनका लागि अभियान नेपालले सञ्चालन गरका परियोजनाहरुले सहजीकरणको मूख्य भूमिका समेत खेलेको थियो । यसको अलवा गा.वि.सले शौचालयको अवस्थाका बारेमा पटकपटक ल्याउन खोजेको तथ्याङ्क बास्तविक र गुणस्तरीय नभए पछि अभियान सामुदायिक अध्ययन केन्द्रको पहलमा मोवाइलमा आधारित घर, शौचालय तथा चुलोको फोटो सहितको डाटावेश निमार्ण गरी शौचालयको अवस्थालाई व्यवस्थित र इन्टरनेटको माध्यमबाट कार्यलयबाट नै हेर्न सक्ने गरी तथ्याङ्क भण्डारण गरिएको छ । शौचालयको अवस्था मात्र नभएर खुदुनाबारीका ३७३० घरको ६० वटा भन्दा बढी रेकर्डहरु सजिलैसँग हेर्न र मिनेट भरमा चाहेको जस्तो रिर्पोट निकाल्न सकिने भएको छ । हाल प्रत्येक घरको गरेर ३७३० घरको, प्रत्येक शौचालयको भित्र र बाहिर गरेर २ वटा गरी ७४६० र चुलोको ३७३० गरी जम्मा १४९२० फोटो सहितको अनलाइन डाटावेश तयार गरिएको छ । त्यति मात्र नभएर शौचालयको प्रयोगको अवस्था, साबुन पानीको प्रयोग, सरसफाइ तथा अन्य आर्थिक सामाजिक, शैक्षिक, स्वास्थ्य, रोजगारी लगायतका तथ्याङ्कलाई समेत समेटिएको छ । अहिलेसम्म र्सावजनिक नभएका र आफूलाई थाहा भएसम्म यस किसिमको प्रयोग र अभ्यास नेपालमा नै पहिलो पटक भएको कुरा अभियान नेपालका कार्यक्रम संयोजक लोकप्रिय खनालको दाबी रहेको छ ।

कम्प्युटर र इन्टरनेटमा उपलब्ध हुने खुल्ला सफ्टवयरहरु जो निःशुल्क रुपमा उपलब्ध हुन्छन ती नै सफटवयरहरुको प्रयोग गरी यस्तो प्रणालीको विकास गरिएको हो भने खुदुनाबारीको सबै गतिविधि तथा सूचना प्रवाह गर्नकालागि आफ्नै डोमेन http://www.khudunabarivdc.gov.np मा वेबसाइट समेत निमार्ण गरिएको छ । विश्व प्रसिद्ध आइटी कम्पनी गुगलबाट १० वटा इमेल एकाउण्ट सहित १५० जीवी भण्डारण क्षमताको स्पेस समेत खुदुनाबारी गा.वि.स ले निशूल्क रुपमा प्रयोगमा ल्याएको छ जसलाई हाल खरिद गर्नु पर्दा बार्षिक रु ५०००० (पँचास हजार) तिर्नु पर्ने हुन्छ ।

नागरिकहरुको सूचनाको अधिकारलाई ध्यानमा राखी अभियान नेपालको सहकार्यमा एसएमएस प्रणाली समेत समय समयमा प्रयोग गर्ने गरिएको छ र जसबाट सबै नागरिकहरुसँग प्रत्यक्ष सञ्चार गर्ने र कतिपय सामाजिक सचेतनाका सन्देश तथा आवश्यक सूचना प्रवाह समेत हुदै आएको छ । यसबाट जनमानसमा जागरुकता ल्याउने र गा.वि.सको विकासमा अपनत्वको भावना विकास भइ सबै क्रियाकलापहरुमा जनसहभागिता लाई अझ उत्साहजनकरुपमा उपयोग गर्न सकिने वर्तमान गा.वि.स सचिब गणेश कुमार बुढाथोकी बताउनु हुन्छ ।

अभियान सामुदायिक अध्ययन केन्द्रको साझेदारीमा हाल मोवाइलबाट नै घरको धुरीकर संकलन गर्ने कार्यलाई समेत अघि सारिएको छ । खुल्ला दिसामुक्त घोषणा अभियानलाई सघाउँ पु¥याउनका लागि बनाइएको सोही तथ्याङ्कका आधारमा मोबाइल एप्लीकेशन निमार्ण गरि प्रत्येक घरधुरीको धुरीकर संकलन गर्न लागिएको हो । गाउँ विकास परिषदबाट स्वीकृत धुरीकर दरलाई घरको अवस्थाको आधारमा सफटवयरमा नै समावेश गरिएको छ जसबाट धुरीकर बढी पारदर्शी र प्रभावकारी हुने विश्वास लिएको छ । त्यति मात्र होइन यस प्रणालीबाट नागरिकहरुको घुरीकर प्रतिको प्रतिक्रिया समेत सफटवयरबाट विश्लेषण गरिने हुँदा आगामी दिनमा गाविसका अन्य कर तथा दस्तुर प्रणालीलाई सुधार गरेर लैजान सकिने भएको छ । यो नयाँ प्रणालीबाट धुरीकर सहजरुपमा तिर्ने, नतिर्ने, तिर्न नमान्ने सबैको अवस्था प्रत्येक दिन गा.वि.स.को एकाउण्टमा अपडेट हुने गर्दछ यसले गर्दा कुन वाडमा कुन घरबाट धुरीकर उठेको छैन भन्ने अवस्था समेत सजिलै थाहा पाउन सकिन्छ ।

विकासको मेरुदण्डको रुपमा रहेको तथ्याङ्कलाई व्यवस्थित गर्नका लागि र आगामी दिनमा गा.वि.स.को जनसंख्या, स्वास्थ्य, शिक्षा, प्राकृतिक स्रोत साधन, आर्थिक विवरण कृषि तथा पशुपालन सबै विषयलाई व्यवस्थित र समयको माग अनुसार प्रविधि प्रेमी नयाँ पिढीहरुको भावनालाई कदर गर्न र बैज्ञानिक तथ्यका आधारमा राजनीतिक निणर्यहरु गर्न यस किसिमको प्रयोगलाई निरन्तता दिने गा.वि.सको योजना रहेको छ । यसरी गा.वि.सको सम्पूर्ण विवरण तथा निकट भविष्यमा गा.वि.सको अद्यावधिक योजनालाई समेत डिजिटल प्रणालीबाट गर्र्ने गरी गा.वि.सले अभियान नेपाल र सामुदायिक अध्ययन केन्द्रसँग परामर्श थालेको छ । १ बर्षको यो अभ्यासबाट प्राप्त परिणाम तथा सिकाइहरुलाई हेर्दा यस किसिमका रचनात्मक र सृजनात्मक अभ्यासहरुलाई अन्य गा.वि.स तथा नगरपालिकाहरुमा समेत कायान्वयन गर्न सके सबैमा एकरुपता आउने र स्वस्थ प्रतिस्पर्धाको भावनाबाट विकासलाइ अझ गुणात्मकरुपमा अघि बढाउन सकिने विचार व्यक्त गर्नु हुन्छ गा.वि.स सचिव गुणेश कुमार बुढाथोकी ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s