उदाहरणीय खुदुनाबारी

(लोकतन्त्र पोष्ट राष्ट्रिय दैनिकको २०७१ फागुन ४ गतेको सम्पादकीय)

Kbari

स्थानीय बासिन्दा जागरुक बने भने पिछडिएको एउटा गाउँ समृद्धि तर्फ लम्किन कत्ति पनि बेर लाग्दो रहेनछ । यसको दरिलो उदाहरण बनेको छ उत्तरी झापाको खुदुनाबारी गा.वि.स. । डेढ दशक अघि र अहिलेको खुदुनाबारीमा पत्याउनै नसकिने विकासे परिवर्तन देख्न पाइन्छ । विकासका पूर्वाधारको निमार्ण मात्र होइन, जनचेतना, ग्रामीण उद्यमशीलताको दृष्टिले समेत खुदुनाबारीको प्रगति लोभलाग्दो रफ्तारमा उकालो चडिरेको छ ।
शनिबार एक समारोहबीच खुृदुनबारी खुला दिसा मुक्त गा.वि.स. घोषित भयो । गाउँका सबै घरमा व्यवस्थित शौचालय हुन हाम्रो जस्तो विपन्न मुलुकमा उपलब्धी नै मान्नु पर्छ । सरकारले सन २०१७ सम्ममा मुलुकलाइ नै खुला दिसामुक्त बनाउने अभियान सुरु गरेको छ । यही अभियानलाई खुदुनाबारीले सफल तुल्याएको हो । साधन स्रोतका आधारमा कमजोर नै भए पनि खुदुनबारीले खुला दिसामुक्त अभियानमा सम्पन्न मानिएका नगर र अरु गा.वि.स.लाई उछिनेको छ । यो खुदुनाबारी बासीको विकास प्रतिको सामुहिक संकल्प र जागरुकताको प्रतिफल हो भन्नेमा कुनै शंका छैन ।
विकासका सूचाङ्कका आधारमा एक दशक अघिसम्म खुदुनाबारी झापाको पिछडिएको दुर्गम गाविसको रुपमा चिनिन्थ्यो । विरिङ, टाङटिङ, सुखानी जस्ता खहरे खोलाले छ्यान्द्रो पारेको यो गा.वि.स. बर्खामा सधै टापुमा परिणत हुन्थ्यो । खुदुनाबारी बासीले कयौं दुःख र कष्ट सहनु प¥यो । उनीहरुले समस्याको पहाड पन्छाउन राजनीतिक बाद र विावाद भन्दा माथि उठेर विकासका लागिहातेमालो गर्ने बाटो रोजे । असल नेतृत्व र जन सहभागितामुलक विकासे मोडलबाट अघि बढ्दा खुदुनाबारीको मुहार फेरिन एक दशक भन्दा बढी लागेन । अहिलेको परिवर्तन र खुदुनाबारी बासीको उज्यालो अनुहार यही सामुहिक पहलको परिणाम हो ।
खुदुनाबारी गा.वि.स. का सामू थुप्रै चुनौति नभएका होइनन । टाङटिङ र सुुखानी खोलामा अझसम्म पक्की पुल बनिसकेको छैन । यहाँका कयौ पर्यटकीय स्थलहरुले प्रवद्धनका पहल पर्खिरहेका छन् । हात्ति आतङ्क रोकिएको छैन । यहाँबाट उत्पादित कृषि उपजको उचित बजार पहिल्याउन बाँकी नै छ । खानेपानी, विजुली सडक जस्ता विकासका पूर्वाधारलाई अझ सुविधाजन बनाउन बाँकी नै छ । जिल्लाकै दास्रो खुला दिसामुक्त गा.वि.स बन्न सफल खुदुनाबारीले अरु थुप्रै अभियानमा कीर्तिमान बनाउँदै जाओस शुभ कामना

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s