१० प्रेरक व्यक्ति छनौट कार्यक्रममा सहभागी हुन खुदुनाबारी गाबिसको अनुरोध

१० प्रेरक व्यक्ति छनौट किन ?

भनिन्छ मानिस भएर जन्मिए पछि कि अरुलाई प्रभाव पार्न सक्नु पर्यो  कि त अरुबाट प्रभावित हुनु पर्यो । समुदायमा रहेर समुदायसँग काम गरिरहदा यस्ता अनुभवहरु सबैसँग भएको पक्कै हुनु पर्दछ । सबै नेपालीहरुको चाहाना हो भौतिक विकास, सामाजिक रुपान्तरण, आर्थिक विकास, मानवीय विकास, पर्यावरणीय विकास आदि आदि । जब हामी विकास र परिवर्तनका कुराहरुको चाहाना गर्छौ सबै भन्दा पहिले हामी हाम्रो घर त्यस पछि नजिकको छिमेकी अनि त्यो भन्दा अलि पर टोल, वडा, गाउँ, अर्को छिमेकी गाविस, जिल्ला, देश हुदै विस्तारै हाम्रो प्रभाव पार्ने र प्रभावित हुने दुवै कुराको तरङ्ग बन्दै जान्छ । त्यसकारण आज विश्व सागुरो हुदै गए पनि ग्रामीण समुदायका मानिस समेत एक्लो महसुस गरिरहेको परिप्रेक्षमा यस नमुना उन्मुख खुदुनाबारी गाविस भित्र तथा बाहिर रहेर उच्च सफलता प्राप्त गर्ने व्यक्तिहरुलाई समुदायसँग जोडने प्रयास नै १० प्रेररक व्यक्ति छनौटको मूख्य उदेश्य रहेको छ ।

Hording Board2

१० प्रेरक व्यक्ति छनौट भए पछि के हुन्छ ?

१० प्रेरक व्यक्ति छनौट गरिसके पछि हाल खुदुनाबारी गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा रहेको हुँदा घोषणा पछि विभिन्न स्थानमा सरसफाई र उद्यमशीलता विकास सम्बन्धी राखिने होर्डिङ्ग बोर्डमा ती १० प्रेरक व्यक्तिहरुको फोटो सहितको सन्देश राखिने छ ।

१० प्रेरक व्यक्ति छनौट कसरी गर्ने ?

१० प्रेरक व्यक्ति छनौट गर्ने काममा विशेष गरेर बौद्धिक वर्गलाई लक्षित गरिएको छ । खुदुनाबारी गाविस भित्र वा बाहिर रहेर खुदुनाबरिको बारेमा सुसुचित हुनुहुन्छ भने तपाइले १० प्रेरक व्यक्ति शिफारिस गर्न सक्नुहुन्छ  । खुदुनाबारी भित्र तथा बाहिर बसेर आफ्नो ठाउको  बारेमा चासो, चर्चा र चिन्तन गर्नु हुन्छ भने यो एउटा राम्रो अवसर हाम्रो सामु उभिएको छ यसका लागि हामीले गाविसको वेबसाइट http://khudunabarivdc.gov.np मा अनलाइन सिफारिस प्रणालीको विकास गरेका छौ । सही व्यक्ति छनौट गरी खुदुनाबारीको विकासमा यहाँको योगदान रहनेछ ।

१० प्रेरक व्यक्ति छनौटमा सिफारिस गर्ने व्यक्ति कसरी पुरस्कृत हुन्छ ?

अभियान सामुदायिक अध्ययन केन्द्रको प्राविधिक सहयोगमा यो अवधारणाको विकास गरिएकोले सिफारिस गर्ने मध्येहरुबाट गोला प्रथाद्धारा छनौट गरी पुस्कृत गरिने छ । पुरस्कारको प्रायोजन समेत अभियान सामुदायिक अध्ययन केन्द्रले गरेको छ ।

१० प्रेरक व्यक्ति छनौट गर्नका लाइ तलका लिंक प्रयोग गर्नुहोस

edu  disable

art  social

agri  politics

ent  sport

women  gov

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s