२० औं गाउँ परिषद् वैठक मितिः २०६९/०९/२९

श्री गाउँ विकास समितिको कार्यालय खुदुनावारी, झापा
२० औं गाउँ परिषद् वैठक मितिः २०६९/०९/२९

गा.वि.स. का सदस्य ज्यू,
राजनैतिक दलका प्रतिनिधि ज्यूहरु
भू.पू. जनप्रतिनिधि ज्यूहरु संघ संस्था प्रतिनिधि ज्यूहरु
संचारकर्मी,गा.बि.स. कर्मचारीहरु ।

सर्वप्रथम खुदुनावारी गा.वि.स.को बिसौं गाउँ परिषद्को निम्तोलाई स्विकार गरी पाल्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक स्वागत तथा अभिवादन प्रकट गर्दछु ।
निर्वाचित जन प्रतिनिधिको अभावमा गा.वि.स.का सम्पुर्ण काम कार्वाहिहरु स्थानिय राजनैतिक दलहरुको सुझाव सल्लाह र सहमतिमा अघि बढि रहेको सर्वविधित नै छ । यसै सिलशिलामा २०६९÷०७० को वजेट निति तथा कार्यक्रम एकृकीत तर्जुमा समितीबाट सिफारीस गरी स्विकृति गरी यतिखेर गा.वि.स. सामू थुप्रै समस्या, चुनौतिहरु छन् । गाउँका जनताको आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकास प्रतिको चाहना तथा आकांक्षाहरु छन् । हरेक तह तप्का क्षेत्र, वर्ग, लिङ्ग, समूदायका मानिसहरुले विकासको सन्तुलीत तथा न्यायोचित वितरण र सो को लाभ महसुस गर्न खोजिरहेका छन् । गाँउमा ग्रामीण जनताले करोडौंको योजना सञ्चालन गर्न माग गरीरहेको अवस्थामा गाउँ विकास समितिको आन्तरीक श्रोत, केन्द्रिय अनुदान जि.वि.स. अनुदान र अन्य निकायको अनुदानले मात्र जनताका जायज माग हरुलाई सम्वोधन र समाविष्ट गर्न नसकिरहेको अवस्थामा यसै आ.ब.मा नेपाल सरकारबाट बिकास अनुदान रु.१०,८०,०००।–मात्र गा.बि.स.मा आउने भएकोले जनताको माग अनुसार योजना,कार्यक्रमहरु समाबेस गर्न सकिएको छैन । गा.वि.स. क्षेत्रमा भौतीक पुर्बाधार बिकासमा सामूदायिक वनहरु, महिलाको सशक्तिकरण जिबिकोपार्जनको क्षेत्रमा हेफर नेपाल, बजारको टहरा निमार्णमा सि.ए. र मेडेप संस्थाले गरेको अनुदान र सहयोग प्रति कदर सहित हार्दिक धन्यबाद दिदै बजारको बधशाला निमार्ण योजनालाई सफल गर्न गा.बि.स.को श्रोत ततकाल नभएको अवस्थामा स्थानिय संस्था र सहकारीहरु (अभियान नेपाल,साना किसान लगायत प्रगती,टाङ्गटीङ्ग कृषी ,खुदुनाबारी कृषी,सुखानी कृषी,प्रतिभा महिला कृषी,दिब्य तरकारी कृषी,बेल्टार कृषी,कोपीला सहकारी संस्थाहरुल)े सापटी स्वरुप गरेको सहयोग प्रति खुदुनाबारीमा सहकार्यमा सफलता मिलेको छ ।सबै संस्थाहरुमा आगमी बर्षहरुमा हुने यस्ता कार्यमा सहकार्य हुने आसा गर्दै संस्था प्रति हार्दिक धन्यबाद दिन चाहान छु । स्वास्थ्य,शिक्षा,खानेपानी,तटबन्धन लगायत क्षेत्रमा बिषयगत कार्यालयहरु,भौतिक पुर्बाध्ँँर,आय आर्जन क्षेत्रमा लु.बि.फे.,यू.एन.एच.सि.आर. लगायत सबै संघ संस्थाहरु र स्थानीय संस्थाहरु,सहकारीले आफ्नो श्रोत साधन र मानबिय श्रमले भ्याएसम्म यस क्षेत्रका जनताको उत्पादन क्षेत्रमा,सामाजिक तथा भौतिक विकासमा गरेको लगानीको गा.वि.स. उच्च मूल्यांकन गर्दै आगामी दिनमा गा.वि.स. यिनै निकायहरुसंग सहयात्रि भइ समन्वयात्मक ढंगले कार्यक्रम तर्जुमा गरी साझेदारी बिकासकोे रणनिती अनुसार कार्यक्रम सञ्चालन गर्न ईच्छुक रहेकोले सो को लागी २० औं गाउ परिषद् मार्फत आवश्यक निति वनाउन विषेश आग्रह साथ अुनरोध गर्दछु ।

आदारणीय महानुभावहरु,

गाउँ परिषद् स्थानिय निकायको सर्वोच्च विधायिक अंग हो । गाउँपरिषद्को कार्यकारीणीको रुपमा गा.वि.स.को गठन गरिएको हुन्छ । गाउँविकास समितिका काम कार्यवाही हरुलाई आधिकारीकता र वैद्यता दिने निकाय पनि गाउँ परिषद् नै हो । यसलाई स्थानिय निकायको निति निर्माण गर्ने प्रमुख थलोको रुपमा लिईन्छ । यो जनप्रतिनिधीमूलक थलो भएतापनि दशौ वर्षदेखी कर्मचारी मार्फत सञ्चालीत हुदैं आएको छ । विधायिका र कार्यकारीणीको अधिकार दुवै एकै व्यक्तिमा केन्द्रित भई शक्ति संतुलन र पृथकिकरणको अवधारणा अनुसार आरोप, गुनासो आईरहेको हुदा सकेसम्म सवैपक्षको सहयोग र समझदारीमा समयमा वजेट तथा कार्यक्रम तर्जुमा गरी निकाशा माग गरी कार्यक्रमका कार्यान्वयन गर्न वस्ती स्तरका जनताको चाहना, नेपाल सरकारले तोकेको लक्षित बर्गको क्षेत्रमा समूदायको माग र आवश्यकता पहिचान गरी, विश्लेषण गरी विकल्पहरु पहिल्याउन, विगत वजेटका उपलब्धि हरुको मूल्यांकन गर्न र कमि कमजोरी पत्ता लगाई आगामी दिनमा सुधार गर्न गा.वि.स.सेवाको प्रभावकारीताको वारेमा छलफल गर्न आगामी वर्षकालागी करको दर निर्धारण गर्न, राजस्वको दायरालाई फराकिलो पारी जनतामा कर तिर्न वानिको विकास कसरी गर्ने भन्ने सम्वन्धमा जिल्ला परिषद् र केन्द्रिय योजनामा समावेश गर्ने योजनाको छनौट गर्न, पेश्कि तथा वेरुजु अशुल सम्वन्धमा, सार्वजानिक सम्पतिको संरक्षण कसरी गर्ने भन्ने सम्वन्धमा, सवै सामूदायिक वनहरु सवै संघ संस्थाहरुसंग सहकार्य साझेदारी एकीकृत विकासको निति कसरी अवलम्वन र कार्यन्यन गर्न सकिन्छ भन्ने सम्वन्धमा । बैज्ञानीक सूचना तथा तथ्याङ्क संकलन गरी श्रोत नक्सा तयार, गर्ने ३ बर्षे गुरु योजना (मासटर प्लान्ट) सम्वन्धमा, गाउँ युवा खेलकुद समन्वय समिति,, महिला संजाल,दलित समन्वय समिति,आदीबासी जनजाति महासंघ,न्यायीक समिति,संस्था,सहकारी उपभोक्ता समिति,अनुगमन समिति,पेश्कि तथा वेरुजु असुल उपर समिति गठन र वाँस रोपन क्षेत्र सहितको समग्र निति तयार गर्ने सम्वन्धमा । वडा नं १ को माटे, गौमुखी,वडा न २ को दखलबस्ती, वडा नं ३ को मिश्रटार, लाप्चेटार, सहकाले सहित सुखानी,कुम्बीटार,भित्ती गाँउहरु समेतलाई यस गा.वि.स.को मूल सूचना पहुंच र प्रवाहमा ल्याउने सम्वन्धमा । लागायत सवै पूंजीगत खर्च, लक्षित बर्ग कार्यक्रम वडागत क्षेत्रगत शिर्षकगत वर्ग समूदायको विविध समस्याको छलफल गर्न स्थानिय स्वयात्त साशन ऐन ०५६ ले निर्दिष्ट गरेका गा.वि.स.को काम, कर्तव्य र अधिकारको वारेमा दफावार रुपमा सवै दल, क्षेत्र, वर्ग, तह तप्काको राय, विचार, धारणा वुझि चालू आ.व.०६९÷०७० को वजेट तथा कार्यक्रमलाई यथासक्य समावेशि, न्यायोचित, पारदर्शि, जनमूखी, सन्तुलीत वनाई सवै पक्षलाई सम्वोधन र समाविष्ट गर्ने र आगमी आ.ब.०७०÷०७१मा प्रस्ताबितको लागी समेत कार्यक्रमलाई पद्धती,उद्धेश्य अनुरुप छलफलका लागी स्थानिय स्वयात्त शासन ऐनको दफा २२ अनुसारको यो गाउं परिषद् वैठक वोलाएको जानकारी गर्दछु । गाउंपरिषद्मा योजना तथा कार्यक्रम छनौट गर्दा नेपाल सरकार, जिल्ला विकास समिति झापाको मार्गदर्शन र स्थानिय स्वयात्त शासन ऐन र नियमावालिको मर्म अनुसार निम्न नितिहरु अवलम्वन गर्नुपर्ने हुन्छ ।
१. हरेक विकास कार्यक्रमलाई उत्पादनमूलक,जनजिविका, सामाजिक विकास, भौतिक विकाससंग सम्वन्ध गरी क्षेत्रिय रुपमा पछाडी परेका वडाहरुलाई प्राथमिकता दिनुपर्ने यसमा जनसंख्या समेतलाई मध्यनजर गर्नुपर्ने ।
२ हरेक कार्यक्रमले त्यस क्षेत्रमा पारेको प्रभावको मुल्यांकन गर्नुपर्ने, जनसमूदायको चासो, प्रत्यक्ष साझेदारी, जन सहभागीतालाई पनि ध्यानदिनु पर्ने । मागहरुलाई तत्कालै पुरा गर्न नसकेमा प्राथमिकताका आधारमा योजनालाई समावेश गर्दै लैजानु पर्ने ।
३ सम्पन्न भएका आयोजनाको मर्मत संभार गर्न उपभोक्तालाई मर्मत संभार कोष स्थापनाको लागी सहयोग गर्ने र त्यसकालागी उपभोक्तालाई नगद, वस्तुगत श्रम, शिप र औजारलाई परिचालन गर्न आधार वनाउनुपर्ने ।
४ गाउँको वन, वनस्पति, भू संरक्षण, जैविक विविधताको संवन्धमा गा.वि.स., सामूदायिक वन, भू संरक्षण कार्यालय, सरकारी गैर सरकारी संस्था,उपभोक्ता समिति संग समन्वय गरी साझेदारी कार्यक्रम तयार गरी संचालन गर्ने ।
प्राथमिकताका क्षेत्रहरुः–
१. पुर्ण जनसहभागीता जुट्नेखालका योजनाहरुलाई प्राथमिकता दिनुपर्ने(पुर्बाधारयोजनाहरुमा समूदायको जनसहभागीता २५प्रतिशत,अन्य कार्यक्रमा योजनामा १५प्रतिशत(नगदै जम्मा बैंक,बित्तीय संस्थाहरुमा जम्मा) हुनु पर्ने छ)
२. उत्पादन मुलक,आय आर्जन, शशक्तिकरण, चेतनामूलक तथा शिप मूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने
३. स्थानिय शिप, साधन श्रोत र जनशक्तिवाट संचालीत आयोजनालाई प्राथमिकता दिनुपर्ने ।
४ गा.बि.स.को श्रान्तरिक श्रोतको बृद्धी हुने क्षेत्रमा लगानी र गा.बि.स.को कम सहभागीतामा बिभीन्न निकाय बाट अनुदान तथा श्रोत बढीसे बढी भित्राउने योजनालाई प्राथमीकता दिनु पर्ने ।
५ खुदुनावारी गा.वि.स.को भौगोलीक विकटता,दैविकप्रकोप,सामाजिक,आर्थिक,शैक्षिक, वस्तुगत श्रोत अनुसार प्राथमिकताका मूख्य क्षेत्रहरु निम्न वमोजिम निर्धारण गरीएको छ ।
१) नदिनियन्त्रण र भू–क्षय नियन्त्रण, बाँस तथा बृक्षारोपण २) शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई तथा खेलकुद ३) उत्पादीत बस्तु बजारीकरण र वजार व्यवस्थापन ४) यातायात तथा सडक ५) सामाजिक सेवा, महिला, जाती जनजाती, दलीत,पिछडा बर्ग पिछडीएको क्षेत्र,अपाङ्गता,जेष्ठ नागरीक,सुकुमबासी ६)कृषि, सिंचाई ७) किसानलाई ब्यावसायीक खेती,पशुपालन,उत्पादनशिल र जिबिकोपार्जन८)कैदले बन,सुखानी,साधुटारलाई पर्यटनबिकास र प्रबर्धन
६ जिल्लामा एक मात्र गा.बि.स. बिगत २ बर्ष देखी नमूना गा.बि.स.को अबधाराणा र हाल सम्म गरिएका पहल र सम्बन्धीत निकायले दिएको चासो र निरनतर सहजीकरणले गर्दा यसै परिषदबाट स्थानीय पार्टी,संघ संस्था साथै सबै तह तप्का क्षेत्रबाट सहयोग र पुर्ण सहमती सहित कार्यन्यनमा लागन निरन्तरता दिने प्रतिबद्धता रहेमा सहमती साथ खुदुनाबारीलाई सर्वाङ्गीण बिकास तिर उन्मूख गराउन सकिने छ ।
अन्त्यमा यस गा.वि.स.को उन्नती प्रगती र सम्वृद्धिका लागि अहोरात्र खटिरहनु हुने राजनीतिक दल, भू.पू.जनप्रतिनिधी, संघ संस्था प्रतिनिधीहरु, सरकारी, गैह्र सरकारी संघ संस्थाहरु,सहकारीकर्मीहरु,उपभोक्ता समिति, करदाता, पत्रकार, मजदुर, किसान, ब्यापारी,वुद्धिजिवी, समाजसेवी, शिक्षक शिक्षिका, नागरीक समाज विभिन्न जाति समुदायहरु लगायत गा.वि.स. कर्मचारी साथीहरु सबै प्रति आभार प्रकट गर्दै भविश्यमा यस गा.वि.स.ले निरन्तर सहयोग पाईरहने अपेक्षा राखेको छु । प्रस्तोता

बासुदेब भट्टराई
अध्यक्ष गा.वि.स. संचालक समिति खुदुनावारी

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s