बार्षिक समिक्षा गोष्ठी

श्री गाउँ विकास समितिको कार्यालय खुदुनावारी, झापा

बार्षिक समिक्षा गोष्ठी
आ.ब.०६९/०७० मितिः २०७०/०५/३१

राजनैतिक दलका प्रतिनिधि ज्यूहरु
भू.पू. जनप्रतिनिधि ज्यूहरु
संघ संस्था प्रतिनिधि ज्यूहरु
संचारकर्मी,गा.बि.स. कर्मचारीहरु ।

सर्वप्रथम खुदुनावारी गा.वि.स.को आ.ब.०६९÷०७०को बार्षिक समिक्षा गोष्ठीको निम्तोलाई स्विकार गरी पाल्नुहुने सम्पुर्ण महानुभावहरुमा हार्दिक स्वागत तथा अभिवादन प्रकट गर्दछु ।
ऐतिहासिक जन आन्दोलन २ को सफलता पश्चात निर्वाचित जन प्रतिनिधिको अभावमा गा.वि.स.का सम्पुर्ण काम कार्वाहिहरु स्थानिय राजनैतिक दलहरुको सुझाव सल्लाह र सहमतिमा अघि बढि रहेको सर्वविधित नै छ । यसै सिलशिलामा २०६९/०७० को बार्षिक वजेट निति तथा कार्यक्रम एकृकीत तर्जुमा समितीबाट सिफारीस गरी गाउँ परिषदबाट स्विकृति गरी कार्यान्यन भईसकेको भएता पनी गा.वि.स. सामू थुप्रै समस्या र चुनौतिहरु छन् । गाउँका जनताको आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकास प्रतिको चाहना तथा आकांक्षाहरु एकै पटक प्रस्फुटित भएका छन् । हरेक तह तप्का क्षेत्र, वर्ग, लिङ्ग, समूदायका मानिसहरुले विकासको सन्तुलीत तथा न्यायोचित वितरण र सो को लाभ महसुस गर्न खोजिरहेका छन् । गाँउमा ग्रामीण जनताले करोडौंको योजना सञ्चालन गर्न माग भईरहेकोे अवस्थामा गाउ विकास समितिको आन्तरीक श्रोत, केन्द्रिय अनुदान, जि.वि.स. अनुदान र अन्य दातु निकायको अनुदानले मात्र जनताका जायज माग हरुलाई सम्वोधन र समाविष्ट गर्न नसकिरहेको अवस्थामा गा.वि.स. क्षेत्रमा भौतीक पुर्बाधार बिकासमा सामूदायिक वन, खानेपानी सरसफाई उपभोक्ता समितिहरु, महिलाको सशक्तिकरण जिबिकोपार्जनको क्षेत्रमा हेफर नेपाल संस्था आय आर्जनमा सहकारी संस्थाहरु,स्थानिय संघ सस्थाहरु,अन्य बिषयगत कार्यालयहरु,भौतिक पुर्बाध्ँँर,आय आर्जन क्षेत्रमा लघु उद्यम,बिकास कार्यक्रम,लु.बि.फे.,यू.एन.एच.सि.आर. लगायत अन्य संघ संस्थाले आफ्नो साधन र श्रोतले भ्याएसम्म यस क्षेत्रका जनताको सामाजिक तथा भौतिक विकासमा गरेको लगानीको गा.वि.स. उच्च मूल्यांकन गर्दछ । योजनाहर र लक्षित बर्ग कार्यक्रमलाई योजना तर्जुमा गर्दा साझेदारी बिकासकोे रणनिती अनुसार कार्यक्रम सञ्चालन गर्न ईच्छुक रहेको निकायहरु माग र प्रस्ताब अनुसार १९ औं गाउँ परिषद् मार्फत बिनियोजन भएका योजना तथा कार्यक्रमहरु सम्पन्न तथा कार्यान्यनभएको खर्च प्रगति बिबरण पेश गर्न चाहान्छु ।
सम्पन्न भएका उल्लेखित योजना÷कार्यक्रमहरु संचालन गरिरहदा सवालहरु पेश गरि आगामी आ.ब.मा अगिबडन सहज हुने छ भन्ने बिश्वास लिएको छु ।

image002

केही सवालहरु

  1. हरेक विकास कार्यक्रमलाई जनजिविका,आय आर्जन, सामाजिक विकास भएमात्र भौतिक विकास स्थायित्व हुने र सञ्चालन गर्नु पर्ने छ ।
  2. हरेक कार्यक्रमले त्यस क्षेत्रमा पारेको प्रभावको मुल्यांकन गर्नुपर्ने, जनसमूदायको चासो, जनसहभागीतालाई पनि ध्यानदिनु पर्ने
  3. समस्या र योजना ठुलो हुने बजेट थोरै हुने सवै मागहरुलाई तत्कालै पुरा गर्न नसकेमा प्राथमिकताका आधारमा योजनालाई समावेश गर्दै लैजानु पर्ने ।
  4. सम्पन्न भएका आयोजनाको मर्मत संभार गर्न उपभोक्तालाई मर्मत संभार कोष स्थापनाको लागी सहयोग गर्ने र त्यसकालागी उपभोक्तालाई नगद, वस्तुगत श्रम, शिप र औजारलाई परिचालन गर्न आधार वनाउनुपर्ने । साथै पिछडीएको बस्ती समुदायमा एक वडा एक टोल
  5. (कम्तीमा६०घर) सुधार कार्यक्रम नमुनाको रुपमा (बाटो मर्मत,बाताबरण,पशुपालन,ब्यावसायीक कृषी,आदी) क्षेत्रमा साझेदारीता गर्न कार्यक्रम बनाउन गा.बि.स.ले बिशेष धयान राख्नु पर्छ ।
  6. गाउँको वन, वनस्पति, भू संरक्षण, जैविक विविधताको संम्बन्धमा गा.वि.स., सामूदायिक वन, भू संरक्षण कार्यालय, सरकारी गैर सरकारी संस्थासंग समन्वय गरी साझेदारी कार्यक्रम तयार गरी संचालन गर्ने ।
  7. झापा जिल्लाको एक मात्र गा.बि.स. गत आ.ब. देखी नमूना गा.बि.स.को अबधाराणा र हाल सम्म गरिएका पहल र सम्बन्धीत निकायले दिएको चासोले सबै क्षेत्रबाट सहयोग सहमती निरन्तर रहेमा खुदुनाबारीलाई सर्वा¨ीण बिकास तिर उन्मूख गराउन सबै राजनितिक दलहरुमा पुन छलफल र सहमति गरि खुदुनाबारीको समग्र बिकासमा सहमतिसाथ यस योजनालाई पुन अगि बढाउन यस आ.ब.मा अनुरोध गर्दछु ।
  8. गा.बि.स.को सबै बिषयहरुलाई जानकारीमा ल्याउन सूचनाको बिकासमा इमेल,इन्टनेटको
  9. ब्यवस्थापन गर्न स्थानीय स्तरका संघ संस्था संग साझेदारी गरि सबैमा सूचना पु¥याउने ।
  10. आगमी बर्षको बजेट बाट सरसफाईको क्षेत्रमा दिसामूक्त गा.बि.स.घोषणा गर्न पुजीगत अनुदानको लक्षित बर्ग बजेटबाट ६० प्रतिशत र पुर्बाधार बजेट बाट ४० प्रतिशत बजेट ब्यावस्था गरि कम आय श्रोत भएका,अपाङ्ग,एकल महिला,जाती जनजाती,दलित पिछडा बर्गमा शौचालय कार्यक्रम पु¥याउनु मुख्य लक्ष्य हुने छ ।

अन्त्यमा यस गा.वि.स.को आ.ब.०६९÷०७० को बार्षिक कार्यक्रमको ९८ प्रतिशत योजना÷कार्यक्रम सम्पन्न गर्न सफल हुनु साझेदारी निकाय,उपभोक्ता समितिहरु,समुदाय,करदाताहरु,समयमा रकम निकासा गरि सहयोग पु¥याउने जि.बि.स.झापा, कार्यन्यन पक्षमा सहयोग गर्ने राजनीतिक दल, भू.पू.जनप्रतिनिधी, संघ संस्थाका प्रतिनिधीहरु, उ.स.हरु, सरकारी गैह्र सरकारी संघ संस्थाहरु, मजदुर, किसान, वुद्धिजिवी, समाजसेवी, शिक्षक शिक्षिका, नागरीक समाज,पत्रकार विभिन्न जाति समुदायहरु लगायत गा.वि.स. कर्मचारी साथीहरु सबै प्रति आभार प्रकट गर्दै । भविश्यमा कार्यक्रम÷योजनाहरुमा सहयोगको अझ प्रभाकारी साथ सहयोग प्राप्त होस गा.वि.स.ले निरन्तर सहयोग पाईरहने अपेक्षा राखेको छ ।

प्रस्तोता
बासुदेब भट्टराई

(अध्यक्ष)

Leave a comment